सञ्जय लीला भन्सालीको ‘हिरामण्डी’ टिजर, वेश्यालय चलाउने रानीहरूको कथा

बलिउड निर्देशक सञ्जय लीला भन्साली ‘गंगुबाई काठियावाडी’ पछि अब ‘हिरामाण्डी’ लिएर आउँदैछन् । आजभोली उनको यो वेब सिरिज निकै चर्चामा छ । यसैबीच भन्सालीको ड्रिम प्रोजेक्ट ‘हिरामाण्डी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । यो वेब सिरिज नेटफ्लिक्समा रिलिज हुनेछ ।
भिडियोमा मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र सोनाक्षी सिन्हाको झलक देखाइएको छ। सबै पहेँलो पोशाकमा शाही लुकमा देखिएका छन् । सबै नायिकाको लुक्स एक एक गरी ब्याकग्राउण्ड म्युजिकमा देखाइएको छ । याे वेब सिरिज ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा अाधारित देखिन्छ ।
भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट मानिएको हीरामण्डीमा उनले सबै काम गरिरहेका छन् । फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं नै हीरामण्डीको ठूलो सेट बनाइएको थियो । निर्माण लगभग पूरा भएको छ ।तर, वेब सिरिजको रिलिज मितिबारे भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
टिजर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘अनदर समय, अर्को युग, सञ्जय लीला भन्सालीले सिर्जना गरेको अर्को जादुई संसार जसको हिस्सा बन्न हामी पर्खन सक्दैनौं। यहाँ हीरामन्डीको सुन्दर र रोचक संसारको एक झलक,’।









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया