भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए
काठमाडौँ । दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन् ।
टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।
मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गर्नु भएको अर्ध आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ ।
‘यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन, हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं, तर त्यस्तो भएको होइन रहेछ,’ मन्त्रीले भने ।
सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झण्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन् । झण्डै आधा शरणार्थीहरू दक्षिणी टर्किएमा शरण लिएका छन् । हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ ।
फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया