कार्तिक आर्यनको करियरमा धक्का, ‘शेहजादा’ले मुस्किलले कमायाे २० करोड

काठमाडाैं । वलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ शुक्रबार रिलिज भएको छ । ‘भूल भुलैया २’ को ठूलो सफलतापछि कार्तिकको फिल्मले बक्स अफिसमा फेरि एकपटक धमाका गर्ने अपेक्षा गरिएको थियो । तर ‘शेहजादा’ले ओपनिङ विकेन्डमा खासै केही गर्न सकेनन् । ‘शेहजादा’काे कमजाेर कामइले कार्तिकको विगतको सफलतामा प्रश्न उठिरहेको छ ।
काेभिडका कारण गत वर्ष धेरैजसो बलिउड स्टारका फिल्मले सिनेमाघरमा त्यति माया पाएका थिएनन्। तर यस वर्ष फिल्म उद्योगमा धेरै सकारात्मक कुरा देखिए । पछिल्लाे समय सबैको मनमा राज गर्ने एक स्टार कार्तिक आर्यन थिए। कार्तिकको ‘भूल भुलैया २’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो र विश्वभर २५० करोडभन्दा बढी कमाई गरेको थियो । विगत धेरै वर्षदेखि कडा परिश्रम गरिरहेका कार्तिकका लागि २०२२ एउटा ब्रेकआउट वर्ष भएको छ र उनको स्टारडमको स्तर फरक भएको छ।
‘भूल भुलैया २’ को अभूतपूर्व सफलताको छायामा कार्तिकको नयाँ फिल्म ‘शेहजादा’ गत शुक्रबार हलमा रिलिज भएको छ । अग्रिम बुकिङ सुरु भएदेखि नै बक्स अफिसमा चासो राख्ने मानिसले ‘शेहजादा’ त्यो गतिमा अगाडि बढेको देखेनन् । पहिलो दिन शुक्रबार फिल्मले ६ करोड मात्रै ओपनिङ कलेक्सन गरेको थियो । शनिबार पनि ‘शेहजादा’ले बक्स अफिसमा खासै कमाइ गर्न सकेन र उक्तदिन फिल्मले ६.६५ करोड मात्रै कमाउन सक्याे ।
कार्तिकको अहिलेकाे स्टारडमलाई हेर्दा ‘शेहजादा’ले दुई दिनमा १३ करोडभन्दा कम कमाउने अनुमान कसैले पनि गरेका थिएनन् । जबकि ‘भूल भुलैया २’ ले पहिलो दिनमै १४.११ करोड कमाएको थियो । दुई दिनको सुस्ततापछि आइतबारबाट चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, तेस्रो दिन पनि ‘शेहजादा’ फ्ल्याट नै रहेको तथ्यांकले देखाएको छ ।
फिल्मले तेस्रो दिन पनि ८ करोडको आँकडा पार गर्न सकेन । रिपोर्टका अनुसार ‘शेहजादा’ले आइतबार बक्स अफिसमा ७.५५ करोड भारु कलेक्सन गरेको छ ।
यस अनुसार ‘शहजादा’ फिल्मले ३ दिनमा मुस्किलले २० करोड मात्र कमाएको छ । ‘भूल भुलैया २’ ले सुरुको ३ दिनमा बक्स अफिसमा करिब ५६ करोडको कलेक्सन गरेको थियाे । त्यसको तुलनामा ‘शेहजादा’को ओपनिङ वीकेण्ड कलेक्शन आधाभन्दा निकै कम छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया