‘टाइटानिक’लाई पछि पार्दै ‘अवतार २’ बन्यो विश्वको तेस्रो धेरै कमाउने फिल्म
मेरोन्यूज
२०७९ फागुन ८ गते १७:५८

काठमाडाैं । जेम्स क्यामरुनको साइन्स फिक्शन फिल्म ‘अवतारः द वे अफ वाटर’ ले विश्वभरका सिनेमा दर्शकबाट निकै माया पाएको छ । त्यसैको नतिजा हाे फिल्म अहिले विश्वको तेस्रो धेरै कमाउने फिल्म बन्र सफल भएकाे छ ।
‘अवतारः द वे अफ वाटर’ ले निर्देशकको सन् १९९७ मा रिलिज भएको हलिउड फिल्म ‘टाइटानिक’ लाई पछि पार्दै यो रेकर्ड बनाएको हाे ।
पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ । जबकि ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ । अब भने ‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्सः इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि तेस्रो स्थानमा छ । चौथो स्थानमा ‘टाइटानिक’ र पाँचौं स्थानमा ‘स्टार वार्सः द फोर्स अवेकन्स’ छ ।
सम्बन्धित









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया