मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
मेरोन्यूज
२०७९ फागुन १० गते ९:४२

बिराटनगर । मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।
बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ।
बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
सम्बन्धित
















बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया