शुक्रबार, जेठ २, २०८२

प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

मेरोन्यूज २०७९ फागुन ११ गते ९:०२

काठमाडौँ । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला घर भएका प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सुनारका अनुसार गए राति २ बजेर ५६ मिनेटमा जवान विकको शव फेला परेको हो।

मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया