शनिबार, माघ १७, २०८२

बालिका बलात्कार आरोपमा युवक पक्राउ

मेरोन्यूज २०७९ फागुन ११ गते १५:३२

काठमाडौँ । । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मंगला गाउँपालिका ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया