रुस–युक्रेन युद्धः राष्ट्रपति जेलेन्स्कीले भने- याे वर्ष हाम्राे जित हुनेछ

रुस–युक्रेन युद्धकाे आज एक वर्ष पूरा भएको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले २०२३ युक्रेनीकाे विजयको वर्ष हुने बताएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘युद्धको वर्षले पीडा, दुःख, विश्वास र एकता देखाउँछ। २०२३ हाम्रो विजयको वर्ष हुनेछ।’
जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन पनि गरेका थिए । उनले भने, ‘२४ फेब्रुअरी २०२२ बाट हाम्रो जीवनको सबैभन्दा ठूलो र कठिन दिनहरू सुरु भए । त्यो दिन बम विष्फोटको आवाजले हामी ब्यूँझ्यौँ र त्यसबेलादेखि नै जागिरहेका छौँ । रुसले भनेकाे थियाे युक्रेन ७२ घण्टा पनि टिक्ने छैन तर हामी आजसम्म सामना गरिरहेका छौं ।’
जेलेन्स्कीले थपे, ‘युद्ध सुरु हुँदा हामी पछि हटेनौँ । यो हाम्रो बहादुरी, जोश र विश्वासको प्रमाण हो। देशको रक्षाका लागि हजारौंले ज्यान गुमाएका छन् । उहाँहरु सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । यो वर्ष वीरता, आशा, पीडा र एकताको वर्ष थियो । हामीले हार मानेका छैनौं र यो वर्ष हामी लडाई जित्नको लागि जे पनि गर्नेछौं।’

















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया