सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले रोक्यो
मेरोन्यूज
२०७९ फागुन १२ गते १७:२९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । विदेश जान प्रतिबन्ध फुकुवा हुनु पर्ने मागसहित गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएसँगै उनी क्रिकेट खेल्न भोलि विदेश जान नपाउने भएका हुन् ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । जसका कारण यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टोलीमा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया