चीनद्वारा अमेरिकालाई आधिपत्यभाव त्याग्न आग्रह
मेरोन्यूज
२०७९ फागुन १२ गते २०:२९
काठमाडौँ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिका सत्य कुरा सुन्न अभ्यस्त नभएको र अझै पनि आफ्ना समस्याको सामना गर्न इच्छुक नरहेको टिप्पणी गरेका छन् ।
चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चिनियाँ पक्षले जारी गरेको अमेरिका सम्बन्धित प्रतिवेदनका सम्बन्धमा गरेको ट्वीटको जवाफमा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरे ।
प्रवक्ता वाङले उक्त प्रतिवेदनले सत्य बोल्ने र विश्वसामु अमेरिकी आधिपत्यवादी व्यवहारलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नेबाहेक अरु केही नभएको बताएको छ ।
साथै, अमेरिकाले वर्चस्व लाद्ने वा धम्कीपूर्ण व्यवहार गर्न खोज्नबाट अलग रहनु पर्छ र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नु पर्छ । ‘शान्तिपूर्ण सहअस्तित्वको बाटो खोज्नु पर्छ,’ प्रतवक्ताले भने ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया