वन्यजन्तु अपराधमा नब्बे हजार पक्राउ
काठमाडौँ । चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान गरेको छ । सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको हो ।
बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु बरामद भएका सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।
उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै एक सय ५० मुद्दा निरुपण गरिएको जानकारी उनले दिए । यो “वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न दुई वर्षअघि देशव्यापीरूपमा थालिएको अभियानको परिणामको हो,” उनले सञ्चारकर्मी माझ भने ।
अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनी रूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया