गठबन्धन फेरबदल
सत्ताबाट बाहिरिए पनि एमालेलाई ७ पद फाइदा
माओवादीलाई घाटा लाग्यो आधा कार्यकालको सभामुख र उपराष्ट्रपति

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवारी दिने बेलामा एमालेलाई बाइकट गरेर प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चासँग सत्तामा सहमति जनाएपछि एमाले पुस १० अघिको अवस्थामा पुगेको छ ।
पुस १० अघिका अवस्थामा पुग्दा पनि एमालेलाई फाइदा भने भएको छ ।
प्रतिनिधिसभाको सभामुखमा एमालेले पाइसकेको छ । एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरे सभामुख भइसकेका छन् ।
भामुख हटाउन हटाउन दुई तिहाइ चाहिन्छ । तर, राप्रपाको झुकाब एमालेतिर भएकाले घिमिरेलाई हटाउने सम्भावना कम छ । सभामुख हटाउन महाभियोग ल्याउनु पर्छ, त्यसका लागि कुनै कारण आवश्यक हुन्छ ।
प्रदेश–१ मा उपसभामुख उर्मिला दुनुवार, मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीमा उपसभामुख बिनाकुमारी श्रेष्ठ, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमका उपसभामुख कोइलीदेवी चौधरी एमालेबाट निर्वाचित भएका छन् । सबैलाई हटाउन महाभियोग चाहिने भएकाले सत्ता गठबन्धनले महाभियोग ल्याइहाल्न कुनै कारण नदेखाइ गाह्रो हुनेछ ।
अझ प्रदेश–१, बागमती र गण्डकीमा एमालेबाट निर्वाचित व्यक्ति हटाउन आवश्यक दुई तिहाइ गठबन्धनसँग पुग्ने अवस्था देखिन्न । अन्त हटाउन नै लागे पनि त्यसको औचित्य पुष्टि गर्न सजिलो छैन ।
तर गठबन्धन बदलिरहँदा प्रचण्ड र माओवादीलाई भने नयाँ उपलब्धि केही हुने देखिँदैन । बरु पाइसकेको पद समेत गुमाउनु पर्नेछ । एमालेसँगको गठबन्धन हुँदा पाएको उपराष्ट्रपति पद जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ ।
१० पुसमा उपराष्ट्रपति माओवादीले पाउने सहमति थियो । उपराष्ट्रपति नपाएकैले जसपा अहिलेसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थिएन ।
गठबन्धन बदलिएपछि सभामुखमा आधा कार्यकाल पाउने सहमति कार्यान्वयन हुने छैन । आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री हुँदै गर्दा एमालेसँग सभामुखमा पनि आधा कार्यकालको सहमति थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया