ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं २ र वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको आइईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
माैसम पूर्वानुमान: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया