लगातार चार फिल्म फ्लप भएपछि अक्षयले भने- १०० प्रतिशत मेरै गल्ती हो

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय आफ्ना फिल्म फ्लपका कारण निकै चर्चामा आइरहेका छन् । उनका फिल्महरु बक्सअफिसमा लगातार फ्लप भइरहेका हुन्। पछिल्लो समय उनका चार फिल्म लगातार फ्लप भइसकेका छन् ।
फिल्म ‘सेल्फी’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्मले रिलिजकाे पहिलाे दिन बक्स अफिसमा २ करोड ५५ लाख भारूको कमाइ गरेको छ। उनको यो फिल्म फ्लप हुने देखिएको छ । यस विषयमा अक्षयले प्रतिक्रिया दिएका छन् । एक अन्तर्वार्तामा उनलाई फिल्म फ्लपको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो पहिलो पटक नभएको जवाफ दिएका छन् ।
अक्षयले भने, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन् । यसमा मेरो बाहेक कसैको दोष छैन । दर्शक बदलिदै गएकाले अब मानिसहरु फिल्ममा फरक कुरा हेर्न चाहन्छन् । यसका लागि हामीले पनि केहि परिवर्तन गर्नुपर्छ, त्यसका लागि म सक्दो प्रयास गरिरहेको छु ।
अक्षय कुमारले थप भने, ‘जब तपाईंका फिल्महरू लगातार फ्लप हुन्छन्, यो तपाईंको लागि परिवर्तनको अलार्म हो। म जे गर्न सक्छु गर्ने प्रयास गर्छु। यसको लागि हामीले श्रोता वा अरू कसैलाई दोष दिनु हुँदैन। यो १०० प्रतिशत मेरै गल्ती हो।









श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
शान्ति सम्झौताको मर्म र जेनजी युवाका आवाज एउटै छन् : संयोजक प्रचण्ड
प्रतिक्रिया