इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न वार्ता

इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।
यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी पश्चिमी किनाराको हुवारामा भएको गोलीकाण्डमा दुई इजरायली नागरिकको मृत्यु भएको बताएका छन् ।
जोर्डनको सरकारी प्रसारक अल–मामलकाले रेड सीको रिसोर्ट अकाबामा भएको बैठक ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय सहभागिताका साथ प्यालेस्टाइनी र इजरायलीहरूबीच वर्षौंमा यस प्रकारको पहिलो बैठक’ भएको र यसले ‘प्यालेस्टिनी क्षेत्रको स्थिति’ लाई सम्बोधन गर्ने बताएको छ ।
इजरायली सरकारका एक अधिकारीले नाम नबताउने शर्तमा आफूहरूको प्रतिनिधिमण्डलमा राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बी र शिन बेट घरेलु सुरक्षा निकायका प्रमुख रोनेन बार रहेको जानकारी दिए ।
इजरायली अधिकारीका अनुसार एक महिनाभन्दा कम समयमा सुरु हुने रमजान महिनाभन्दा अगाडि नै यस क्षेत्रमा सुरक्षा तनाव कम गर्ने उपायबारे प्रतिनिधिमण्डलले छलफल गर्नेछन् ।
प्यालेस्टिनी गुप्तचर निकायका प्रमुख माजेद फराज पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक ब्रेट म्याकगर्कका साथै जोर्डन र इजिप्टका सुरक्षा अधिकारीहरू पनि त्यहाँ उपस्थित थिए ।
राजा अब्दुल्लाह द्वितीयले म्याकगर्कलाई भेटेर प्यालेस्टाइनी भूभागमा शान्ति कायम गर्न, तनाव कम गर्न र स्थिरतालाई अस्थिर पार्ने र शान्ति प्राप्त गर्ने सम्भावनालाई कमजोर पार्ने कुनै पनि एकतर्फी कदम रोक्न प्रयासलाई तीव्र बनाउने महत्वमा जोड दिएका थिए ।
वार्ता ‘धेरै चरणहरूमा सहमति’ को साथ समाप्त भएको बताएका छन् ।
इजरायल र प्यालेस्टाइनबीच बढ्दो अशान्तिलाई लिएर अन्तर्राष्ट्रिय चासोका बीच आइतबारको बैठक भएको हो ।
जोर्डन सरकारका एक अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार वार्ताको उद्देश्य ‘विश्वास निर्माण गर्नु’ र ‘प्यालेस्टाइनी जनताको कठिनाइ कम गर्न सुरक्षा र आर्थिक उपायहरू’ मा सहमति जनाउनु हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया