बिहीबार, चैत १२, २०८२

दुई लघुवित्तले एकीकृत कारोबार शुरू गर्दै

मेरोन्यूज २०७९ फागुन १६ गते १२:२७

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई लघुवित्तले मर्जरपछि सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

यी दुई कम्पनीले गत असार २२ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको गत असोज ७ गते सम्पन्न विशेष साधारण सभाले मर्जरका लागि स्वीकृति प्रदान गरेको थियो ।

नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन् ।

प्रतिक्रिया