फिल्म निर्माण गर्दै प्रकाश सपूत

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूतले फिल्म निर्माण गर्ने भएका छन् । ‘परदेशी २’ प्रदर्शन भएपछि छायांकन थाल्ने तयारीसहित उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् । आगामी बैशाखमा उनले फिल्मको नाम घोषणा गर्ने तयारी गरेका छन् ।
फेसबुकमा एक स्टाटस पोस्ट सेयर गर्दे उनले फिल्म निर्माणको योजनातर्फ संकेत देखाएका थिए । उनले लेखेका छन्, ‘बीचमा अलिकति अलमलिएँ । अब चाहिं नयाँ पागलपन सुरु भएको छ । पागलपनभित्र पाक्दैछ नयाँ परिकार । प्रतीक्षा गर्नुहोला ।’
सपुतले आफ्ना अघिल्ला अन्तर्वार्तामा समेत फिल्म निर्माणको योजनाबारे संकेत गरेका थिए ।
केही समयअघि उनले अभिनेत्री केकी अधिकारीसँग मिलेर फिल्म निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । उनीहरुबीच यही फिल्ममा व्यावसायिक सहकार्य हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाई छ ।
प्रकाशले फिल्म ‘परदेशी २’बाट नायकको रुपमा डेब्यू गरिसकेका छन् । तर, यो फिल्मको रिलिज पटक पटक सर्दै गइरहेका्े छ।
















सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया