अमिताभ बच्चन र मुकेश अम्बानीको घर बमले उडाउने धम्की

काठमाडौं । देशका चर्चित व्यक्तिहरूमाथि सधैं खतरा रहेको हुन्छ। पछिल्लो केहिदिन यता यस्तो घटना भयो जसले भारतमा हलचल मच्चायो।
महाराष्ट्रको नागपुर पुलिस कन्ट्रोलमा एक अज्ञात व्यक्तिले फोन कलबाट मुम्बईका चर्चित व्यक्तिहरूको घरमा बम विस्फोट हुन सक्ने जानकारी दिए। यस सूचीमा बलिउडका महानायक अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यापारी मुकेश अम्बानीको नाम समावेश थियो।
कल गर्ने व्यक्तिले २५ हतियारधारी मानिसहरू आतंकवादी हमला गर्न मुम्बईको दादर पुगेको दाबी गरेका छन्। उनले मुकेश अम्बानी, फिल्म अभिनेता धर्मेन्द्र र अमिताभ बच्चनको घर बाहिर बम राखि सकिएको पनि बताएका थिए । यो फोन पछि प्रहरीले तत्काल एक्सन लिएको थियो ।
प्रहरीले बम डिस्पोजल टोलीसहित सबै ठाउँमा खोजी गरेको थियो । यसअघि सन् २०२२ को अगस्टमा पनि मुकेश अम्बानीको घरमा बम विस्फोट गराएको फोन आएको थियो ।









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया