आइतबार, चैत २९, २०८२

अमिताभ बच्चन र मुकेश अम्बानीको घर बमले उडाउने धम्की

मेरोन्यूज २०७९ फागुन १७ गते १२:२६

काठमाडौं । देशका चर्चित व्यक्तिहरूमाथि सधैं खतरा रहेको हुन्छ। पछिल्लो केहिदिन यता यस्तो घटना भयो जसले भारतमा हलचल मच्चायो।

Advertisement
nepal life insurencenepal life insurence

महाराष्ट्रको नागपुर पुलिस कन्ट्रोलमा एक अज्ञात व्यक्तिले फोन कलबाट मुम्बईका चर्चित व्यक्तिहरूको घरमा बम विस्फोट हुन सक्ने जानकारी दिए। यस सूचीमा बलिउडका महानायक अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यापारी मुकेश अम्बानीको नाम समावेश थियो।

कल गर्ने व्यक्तिले २५ हतियारधारी मानिसहरू आतंकवादी हमला गर्न मुम्बईको दादर पुगेको दाबी गरेका छन्। उनले मुकेश अम्बानी, फिल्म अभिनेता धर्मेन्द्र र अमिताभ बच्चनको घर बाहिर बम राखि सकिएको पनि बताएका थिए । यो फोन पछि प्रहरीले तत्काल एक्सन लिएको थियो ।

प्रहरीले बम डिस्पोजल टोलीसहित सबै ठाउँमा खोजी गरेको थियो । यसअघि सन् २०२२ को अगस्टमा पनि मुकेश अम्बानीको घरमा बम विस्फोट गराएको फोन आएको थियो ।

प्रतिक्रिया