झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा (झापा) । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा प्र१–०१–०१२प७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अन्य घाइतेमध्ये प्र १–०२–०४१ प ८९८७ का चालक धरान उपमहानगरपालिका–१५ का २७ वर्षीय मनिकुमार देवकोटा, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिल बस्नेत र अर्को मोटरसाइकल चालक झापा शिवसताक्षी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा पछाडि सवार २९ वर्षीय कमल मगर रहेका छन् । घाइते सबैको स्पाइनस अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया