आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाल र यूएई खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको दोस्रो खेलमा नेपाल आज घरेलु टोली यूएईसँग प्रतिष्पर्धा गर्दैछ ।
खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
नेपालले लिग टु मा लगातार पाँच खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित भएको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।
लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।
हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ ।
नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।
नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन ।
सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् ।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ ।
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया