शनिबार, माघ १७, २०८२

श्रीमतीको हत्या अभियोगमा पुरुष पक्राउ

मेरोन्यूज २०७९ फागुन १८ गते १८:१२

काठमाडौँ । श्रीमती ३५ वर्षीया राधा नेपालीको हत्या गरेको अभियोगमा बागलुङको जैमिनी नगरपालिका २ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई पक्राउ गरिएको छ ।

केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा खन्दै गरेको बाउसोले टाउकोमा प्रहार गर्दा घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना भएसँगै प्रहरी चौकी कुस्मीसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया