छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा

काठमाडौं। बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा–४ र छडके–२ आजवाट प्रदर्शनमा जाने भएका छन् ।
दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजवाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन ।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।
उता, निर्भान फिल्म स्कुलको छडके–२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ वाट ग्यांगस्टार मुहारमा देखिदैछन । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन ।
दुवै सिक्ववेल मुभी हुन । एकैपटक सिक्ववेल मुभी रिलिज भएकाे सम्भवत पहिलाे पटक हाे ।









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया