शाहरुख खानकी श्रीमती गौरीविरुद्ध उजुरी, पैसा हिनामिना गरेको आरोप

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान कानुनी विवादमा परेकी छन् । भारत लखनउमा एक व्यक्तिले गौरी खानसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
गौरी ब्राण्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिएर अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवंत शाहले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ। गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका छन् ।
भारतिय मिडियाका अनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिए पनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।
यस विषयमा गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया