नेपाललाई पीएनजीले दियो १८० रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन १९ गते १५:११

काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेल जित्न १८० रनको लक्ष्य पाएको छ ।
टस जितेपछि ब्याटिङमा आएको पीएनजीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९.२ ओभरमा १७९ रन बनााउँदै अलआउट भएको हो ।
ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
लिग २ मा नेपालले पीएनजीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया