सडक, खानेपानी, ढल बनाउँदा दूरसञ्चार सेवामा समस्या देखियाेः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सडक, खानेपानी, ढल, विद्युत, लगायत विभिन्न पूर्वाधार निर्माण, विस्तार र मर्मतका क्रममा ग्राहकहरु दूरसञ्चार सेवा प्राप्त गर्नबाट वञ्चित हुनुपरेको बताएको छ ।
टेलिकमले विज्ञेप्ती जारी गर्दै ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिन कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको बताएको हो ।
याे अवस्थालाई मध्यनजर गर्दै संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको टेलिकमकाे उक्त विज्ञेप्तीमा भनिएको छ ।
सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने याे अवस्थाप्रति कम्पनी क्षमा माग्दै टेलिकमले दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन अनुरोध गरेको छ ।
















इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया