दूधको मूल्य बढाउने सरकारको निर्णय
मेरोन्यूज
२०७९ फागुन १९ गते १८:०६

काठमाडौँ । सरकारले दूधको न्युनतम मूल्य वृृद्धि गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पाैसाबाट वृद्धि गरेर ६५ रूपैयाँ ५० पैसा बनाउने निर्णय गरेको हो ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो बढिरहेको अवस्थामा किसानको हितलाई ध्यानमा राखेर न्यूनतम मूल्य निर्धारण गरेको हो ।
योसँगै उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब उक्त दूधको मूल्य ९६ रुपैयाँ पुग्ने भएको छ ।
सम्बन्धित
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
माैसम पूर्वानुमान: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया