आइतबार, माघ १८, २०८२

पीएसजीका डिफेण्डर हाकिमीमाथि बलात्कारको आरोप

मेरोन्यूज २०७९ फागुन १९ गते १९:३८

काठमाडैाँ । फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेण्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

२४ वर्षीय हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए । गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण हिस्सा रहेका म्याड्रिडबाट फुटबल खेलमा ख्याती कमाएका हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए ।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ । सोमबार, हकिमी पेरिसमा फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई पेशेवर फुटबलरहरूको लागि विश्वव्यापी प्रतिनिधि संगठन (एफआईएफप्रो) पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काको फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा रहेका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।

प्रतिक्रिया