बिहीबार, चैत १२, २०८२

सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

मेरोन्यूज २०७९ फागुन २१ गते १२:१९

काठमाडौं। सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो । 

नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । 
 

प्रतिक्रिया