आइतबार, चैत २९, २०८२

टिकटकमा भिडियो क्लिप्स बाहिरिएपछि कानुनी प्रक्रियामा जाँदै ‘छक्का पन्जा ४’ टीम

मेरोन्यूज २०७९ फागुन २१ गते १२:५५

काठमाडौं । चलचित्र ‘छक्का पन्जा ४’ ले रिलिजकै दिनबाट बक्स अफिसमा बम्पर ब्यापार गरिरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैबीच हलमा गएका दर्शकले चलचित्रका क्लिपहरू टिकटकमा पोस्ट गर्न थाले पछि निमार्णटीमलाई चुनौती बनिरहेको छ ।सामाजिक सञ्जाल टिकटकभर भिडियो क्लिपहरू छ्यापछ्याप्ती देखिएका छन्।

१५ सेकेण्डदेखि ८ मिनेटसम्मका क्लिपहरू टिकटकमा राख्दा यसले फिल्मको आम्दानीमा असर पर्ने बताउँदै निमार्ण टिमले आपत्ती जनाएको छ ।

कलाकार तथा निर्मातामध्येका एक केदारप्रसाद घिमिरेले फिल्मको भिडियो नखिच्न आग्रह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै आफुहरुले कानुनी प्रक्रियामा जाँदै गरेको बताउँदै अपलोड गरिसकेका भिडियो डिलिट गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन् ‘सचेत रहनुहोला है ! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’।

प्रतिक्रिया