टिकटकमा भिडियो क्लिप्स बाहिरिएपछि कानुनी प्रक्रियामा जाँदै ‘छक्का पन्जा ४’ टीम

काठमाडौं । चलचित्र ‘छक्का पन्जा ४’ ले रिलिजकै दिनबाट बक्स अफिसमा बम्पर ब्यापार गरिरहेको छ ।
यसैबीच हलमा गएका दर्शकले चलचित्रका क्लिपहरू टिकटकमा पोस्ट गर्न थाले पछि निमार्णटीमलाई चुनौती बनिरहेको छ ।सामाजिक सञ्जाल टिकटकभर भिडियो क्लिपहरू छ्यापछ्याप्ती देखिएका छन्।
१५ सेकेण्डदेखि ८ मिनेटसम्मका क्लिपहरू टिकटकमा राख्दा यसले फिल्मको आम्दानीमा असर पर्ने बताउँदै निमार्ण टिमले आपत्ती जनाएको छ ।
कलाकार तथा निर्मातामध्येका एक केदारप्रसाद घिमिरेले फिल्मको भिडियो नखिच्न आग्रह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै आफुहरुले कानुनी प्रक्रियामा जाँदै गरेको बताउँदै अपलोड गरिसकेका भिडियो डिलिट गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन् ‘सचेत रहनुहोला है ! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’।









चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया