‘बाहुबली-२’ को रेर्कड तोड्दै ‘पठान’ बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म

शाहरुख खानको ‘पठान’ले ‘बाहुबली-२’ को रेर्कड तोडेर एक अर्को इतिहास रचेको छ । ‘पठान’ले रिलिज भएको ३८ दिनमा ५११.७० करोड भारु कमाएर यो र्कितिमान राखेको हो । यो सँगै फिल्म हिन्दी भाषामा सर्वाधिक कमाउने पहिलो फिल्म बनेको छ ।
‘बाहुबली-२’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५१०.९० करोड थियो । पठानको तमिल र तेलुगुको अंक जोड्ने हो भने यसको कुल घरेलु कलेक्शन ५२९.९६ भारु करोड पुगेको छ ।
अर्कोतर्फ, विश्वव्यापी कलेक्शनको कुरा गर्दा पठानको कुल व्यापार १०२६ करोड भारु पुगेको छ ।
२०१७ मा रिलिज भएको बाहुबली-२ ले हिन्दी भाषामा सर्वाधिक कमाउने नयाँ कृतिमान स्थापना गरेको थियो । यसपिछ अहिले सम्म कुनै फिल्मले यो कीर्तिमान तोड्न सकेका थिएनन्। र चार वर्षपछि फिल्मी पर्दामा कमब्याक गरेका शाहरुखले यो नयाँ कीर्तिमान बनाएका छन् ।
पठानले रिलिज भएको ३८ दिन बितिसक्दा पनि हलमा राम्रो व्यापार गरिरहेको छ ।
एजेन्सी
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया