कुनै फिल्म कहानी भन्दा कम छैन जस्टिन र सेलेनाको ‘लभ स्टोरी’

हलिउडका चर्चित गायक जस्टिन बिबर र गायिका सेलेना गोमेज एक समय सबैभन्दा मन पर्ने जोडी थिए । पप गायनको दुनियाँमा सानै उमेरमा विश्वभर आफ्नो नाम कमाएका उनीहरू मायामा मग्न भएका थिए ।
उनीहरूलाई मायाको अगाडि सारा संसार नै सानो भएको थियो । मित्रताबाट सुरु भएको उनीहरूको सम्बन्धमा एकदिन यसरी शान्त भयो की मानौँ एकअर्कामा कुनै सम्बन्ध नै थिएन ।
सानै उमेरमा कसैको प्रेममा पर्नु कुनै नौलो कुरा होइन । तर, त्यो सम्बन्ध जब पूरा हुन्छ तब सबैको जीवन खास बन्न पुग्छ । सानो उमेरदेखि नै जस्टिनको मुखमा कसैको नाम रह्यो भने केवल सेलेनाको मात्रै ।
सन् २००९ मा पहिलोपटक उनीहरूको नजर एकअर्कासँग जुध्यो । एकअर्काका म्यानेजरले गराएको यो भेट उनीहरूका लागि निकै खास बन्यो ।

२००९ मा उनीहरूको सम्बन्धले नयाँ मोड लियो । जब सेलेनाले जस्टिनलाई आफ्नो भाइ भनिन् । तर, भनिन्छ प्रेम त्यो चिज हो, जसमा हर कसैको मन बेइमान बनाउने शक्ति हुन्छ ।
यो जोडीको प्रेमको अफवाह विस्तारै फैलायो । जब यी दुई एकअर्कासँग बाहिर सँगै देखिए । सन् २०१० को अन्त्यसम्म सेलेना र जस्टिनको प्रेमको रंग गाडा भइसकेको थियो । त्यसपछि दुवैले नयाँ वर्ष सँगै मनाए ।
यसबीच सेलेना र जस्टिनको चुम्बन गरेको तस्बिर बाहिरियो । जसले उनीहरूलाई हलिउडमा प्रेममा परेको जोडीको उपाधि दिलायो ।

जस्टिन र सेलेनाले २०११ ओस्कर भ्यानिटी फेयर पार्टीको रेड कार्पेटमा डेब्यु गरेर आफ्नो सम्बन्धलाई सार्वजनिक गरे । सेलेनाले एक अन्तर्वार्तामा जस्टिनसँगको आफ्नो प्रेम सम्बन्धबारे खुसी व्यक्त गर्दै यस विषयलाई थप प्रष्ट पारिन् । दुवैबीच भेटघाटको सिलसिला जारी रह्यो । दुई वर्षपछि पहिलो पटक उनीहरुको सम्बन्धमा टकराव आयो । र, सेलेना जस्टिनको ब्रेकअप हुन पुग्यो ।

यद्यपि, दुवै लामो समयसम्म अलग रहन सकेनन् । र, २०१३ मा फेरि एक भए । सन् २०१४ मा उनीहरूको बाटो फेरि अलग भयो । एजेन्सी
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया