ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल होली अफर
मेरोन्यूज
२०७९ फागुन २१ गते १८:०७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल होली अफर ल्याएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० सम्म) क्यासब्याक पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गरेको छ।
सम्बन्धित















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया