सुटिङका क्रममा अमिताभ बच्चन घाइते
मेरोन्यूज
२०७९ फागुन २२ गते १५:२१

फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् ।
एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।
आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अभिताभले मांसपेशी फुटेको, हिँड्डुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।
सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया