बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो । सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार ८५० कित्ता सुरक्षित गरिएको छ ।
बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आईपिओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् ।
यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया