बिहीबार, चैत १२, २०८२

असी हजार लिटर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, थप परिक्षणका लागि भारत पठाईने

मेरोन्यूज २०७९ फागुन २३ गते ११:२३

काठमाडौं। असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाईएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निक्याैल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

प्रतिक्रिया