आइतबार, चैत २९, २०८२

चलचित्र ‘जुबेली’को फर्स्ट लुक सार्वजनिक

मेरोन्यूज २०७९ फागुन २४ गते १६:२२

काठमाडौं। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’कोे फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ।

Advertisement
nepal life insurencenepal life insurence

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । उनले यस अघि मन्चरी, गाजा बाँजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् । 

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया