‘तेरे नाम’का निर्देशक सतीश कौशकको निधन

मुम्बई । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका थिए ।
परिवारसँग होली खेलिरहेका उनले असहज महशुश गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उनले राति सदाका लागि संसार छाडेको भारतीय मिडियाले जनाएका छन ।
फिल्म समिक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै लेखेका छन, ‘हृदय विदारक !’
अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको उल्लेख गरेका छन् । खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् ।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।
कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा साजन चले ससुराल’ बाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया