सोमबार, वैशाख २१, २०८३

आशिफ शेखको पहिलो एक दिवसीय शतक

मेरोन्यूज २०७९ फागुन २५ गते ११:५४

काठमाडौँ । नेपालका ओपनर आसिफ शेखले पहिलो एक दिवसीय शतक प्रहार गरेका छन्।

Advertisement
NiccNicc

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध त्रिवी क्रिकेट मैदानमा शेखले सतक प्रहार गर्दै १००० रनसमेत पूरा गरेका छन्।

यसअघि नेपालबाट कप्तान रोहित पौडेलले एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरिसकेका छन्।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि शेखले १०१ बलमा १० छक्का र २ चौका प्रहार गरेर शतक बनाएका हुन् ।

सन् २०२१ मा पिएनजीविरूद्धनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका आसिफले ३२ खेल खेलेका छन्।

यसअघि उनको एकदिवसीयमा उच्च स्कोर ९० रन थियो। उनले ओमानविरूद्ध ११२ बल खेल्दै ९० रन बनाएका थिए।

प्रतिक्रिया