भक्तपुर दरबार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ

काठमाडौँ । भक्तपुरको दरबार क्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन् ।
ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खबर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको बताए । यसपछि आफूलले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खबर गरेको उनले जानकारी दिए । खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँंमा राखेर भाग्न खोजेको कवांले बताए ।
प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जानकारी दिइन् ।
भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनु पर्ने व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ । नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ ।
घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन् ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया