आइतबार, माघ १८, २०८२

सुरक्षा समिति बैठकमा भीभीआइपी सवारीबारे छलफल

मेरोन्यूज २०७९ फागुन २८ गते १८:०५


काठमाडौँ । केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सुरु भएको छ ।

गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बसको बैठकमा सुरक्षा अवस्था, भोलिको राष्ट्रपतिको शपथ ग्रहण, भोलिदेखि निवर्तमान राष्ट्रपति हुने विद्यादेवी भण्डारीलाई दिइने सुरक्षा तथा अति विशिष्ट अधिकारीहरू सडकमा हिड्दा सड्क खाली गराउँदा देखिएको जनआक्रोस र त्यसलाई कसरी कम गर्ने भन्नेबारे छलफलद भइरहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

बैठकमा नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, गृहप्रवक्ता जितेन्द्र बस्नेतलगायतको सहभागिता छ ।

बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सुरक्षा व्यवस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हुन सक्ने झडप र रोक्न चाल्नु पर्ने कदमबारे छलफल भइरहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया