राष्ट्र बैंकले १५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने
मेरोन्यूज
२०७९ फागुन २८ गते १८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब बराबरकोे ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनका लागि ५ अर्ब र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।
ट्रेजरी बिल क्रमशः चैत २८ गते, २०८० जेठ ३० गते र २०८० फागुन २९ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
सम्बन्धित















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया