बिहीबार, चैत १२, २०८२

कुमारी बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

मेरोन्यूज २०७९ फागुन २९ गते १२:२२

काठमाडौं । कुमारी बैंक लिमिटेडकाे संस्थापक सेयर विक्रीमा रहेकाे छ । बैंकले आज फागुन २९ गतेदेखि संस्थापक तर्फको ३ लाख २१ हजार ३९४ कित्ता शेयर विक्रीमा ल्याएको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बताएको छ । यस शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया