बिहीबार, चैत १२, २०८२

प्रभु बैंकको लाभांश शेयरधनीको खातामा

मेरोन्यूज २०७९ फागुन २९ गते १२:५४

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश वितरण गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा भएको हो ।

प्रतिक्रिया