सिभिल अस्पतालले माग्यो ६३ नर्ससहित सय बढी कर्मचारी
मेरोन्यूज
२०७९ फागुन ३० गते १०:११

काठमाडौं । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालले ६३ नर्ससहित १०० बढी कर्मचारी माग गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै अस्पतालले ६३ नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो ।
अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १, ६ औं तहका सिष्टर ४, पाँचौ तहका स्टाफ नर्स ५६ र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ ।
अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
हेरौँ कर्मचारी माग सम्बन्धी सिभिल अस्पतालको सूचना

सम्बन्धित









International Volunteer Day today
एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
वडाध्यक्ष थापाको निधन, आज कागेश्वरी मनोहरामा शोक बिदा
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै कर्णाली
प्रतिक्रिया