एकवर्ष वर्ष नपुग्दै टुट्यो वर्षाको वैवाहिक सम्बन्ध, आशिषले गरे दाेस्राे विवाह
मेरोन्यूज
२०७९ फागुन ३० गते १४:०१

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ ।
अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते विबाह गरेकी थिइन् । छोटो समयको प्रेमपछि विबाह गरेका उनीहरु एकअर्कासँगको असमझदारीका कारण १० महिनामै अलग भएका हुन् ।
विवाहपछि वर्षा अमेरिका पुगेकी थिइन् । डेढ महिना अमेरिका बसेर फर्केपछि उनले श्रीमानसँगका सबै तस्विरहरु सामाजिक सञ्जालबाट हटाइन् र दुवैले एकअर्कालाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्ध विग्रिएको अनुमान गरिएको थियो ।
यद्यपि, वर्षा यसबारेमा मौनता साँधेर बसेकी छन् । आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेको सुन्नमा आएको छ ।
अमेरिका बसाईको क्रममा वर्षा र आशिषको एकअर्कासँग चिनजान भएको थियो ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया