बेलायतकाे १४ अर्ब ४० करोड अनुदान सहयोग नेपालद्वारा स्वीकार

काठमाडौं । बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो । द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन्।
अर्थसचिव रायले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बेलायत सरकारले लामो समयदेखि सहयोग गर्दै आएको स्मरण गरे । पछिल्लो सहयोगले स्थानीय तहको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र त्यसबाट नागरिकको सार्वजनिक जीवन थप गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे ।
यस्तै नेपालका लागि बेलायतका राजदूत पोलिटले नयाँ कार्यक्रममार्फत स्थानीय तहलाई बलियो, सक्षम तथा जवाफदेही बनाउन सहयोग पुग्ने बताएका छन् । भौतिक पूर्वाधारको विकासपछि नेपाल सरकारले अपेक्षा गरेको विकासको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै राजदूत पोलिटले आगामी छ वर्षभित्र सो परियोजना कार्यान्वयन हुने बताए ।
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धमा पछिल्लो परियोजनाको कार्यान्वयनसँगै अर्को महत्वपूर्ण उदाहरणको रूपमा स्थापित हुने उनको भनाइ छ ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया