आइतबार, चैत २९, २०८२

अनमाेलकाे छड्केले फ्लप हुने सिमा नै नाघ्याेः शोभित बस्नेत

मेरोन्यूज २०७९ चैत ३ गते १३:२२

काठमाडाैं । निर्देशक शोभित बस्नेतले छड्के फिल्म यति फ्लप भयो भनेर लेख्न लाएक पनि नरहेको बताएका छन् । उनले एक युट्युवमा दिएकाे अन्तर्वातामा अभिनेता अनमाेल केसीकाे ‘छड्के २’ फिल्मले फ्लप हुने सिमा पार गरेकाे बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘फ्लप हुने पनि सिमा हुन्छ नि, उनले भनेका छन्, ‘मलाइ साम्रागीको ‘तिम्रो मेरो साथ’ फ्लप हुँदा लेख्ने र छड्के हुँदा नलेख्ने भन्दै ट्राेल भइरहेकाे छ ।’

उनले ट्रोलरहरुलाई भने, ‘हो मैले साम्रागीको ‘तिम्रो मेरो साथ’ बारे लेखे । त्याे बेला कमसेकम ६ जना त आएका थिए छड्के हेर्न त एक जना पनि आएनन् ।’ निर्देशक बस्नेतले भने, हलमा एक जनापनि नआएको भनेर कसरी लेख्ने ?, फ्लपकाे सिमा नै नाघेकाे भएर यसबारे केहि नलेखेको हुँ ।’

उनले यसबारे माफि पनि मागेका छन् । फिल्म फ्लप भएर अनमोलले स्ट्याटस लेखेर दर्शकसँग माफि मागेकाे काम चाहि राम्रो भएको उनले बताए । उनले भने, ‘कलाकार भईसकेपछि फिल्म सफल हुँदा आफु जस लिने मात्रै नभएर फ्लप हुदाँ जिम्मेवारी लिन सक्ने खुबि हुनुपर्छ । त्यो हिम्मत अनमोलमा देखियो ।’

उनकाे अागामी प्राेजेक्ट ‘जय हो’ फिल्म यहि आईतबारबाट छायाङ्कन हुँदै छ । फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् ।

प्रतिक्रिया