शनिबार, चैत १४, २०८२

नेपाली क्रिकेट एक तह माथिः क्यान अध्यक्ष चन्द

मेरोन्यूज २०७९ चैत ३ गते १६:१२

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रवार अध्यक्ष चन्दले यस्तो बताएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रुपमा क्यानले लिएको बताए । उनले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए । उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताए ।

उनले भने, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महशुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ । राज्यको प्राथमिकतमा मात्रै होइन, पहिलो प्राथमिकतमा खेलकुद क्षेत्रमा पर्नुपर्छ । खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्छु । ठूलो प्रतियोगिताको तयारी हामी गर्दैछौँ, त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गरे । उनले बिहीवार युएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरु पुगेको जनाएका छन् ।

प्रतिक्रिया