आठ महिनामा साढे १३ अर्ब नाफा विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।
विभागले आठ महिनामा रोयल्टीबापत रू दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।
फागुनमा मात्रै रू तीन अर्ब सिफारिस
विभागले फागुनमा मात्रै लाभांशवापत करिब रू तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले रू दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै रू ३३ करोड ३० लाख ९१ हजार पाँच सय ३७, दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।
शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उनले भन्नुभने ।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि रू ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
















कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया