शुक्रबार, चैत १३, २०८२

आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ चैत ७ गते १४:११

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा सोमबार काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा ल्ँच्क् प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल साधारण सभामा भएको छ ।

कम्पनीको संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु पनि साधारण सभाले सर्वसम्म्तिबाट पारित गरेको छ ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई रु. ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।

उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताए । साथै उनले सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै जीवन बीमा कम्पनिहरु माझ अव्वल कम्पनिका रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयांलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

प्रतिक्रिया